काठमाडौं - अत्यधिक चिसो बढ्दै गएपछि तराई मधेशका विद्यालयहरुले बिदा दिने क्रम दैनिक बढ्दै गएको छ।
रौतहटको चन्द्रपुर नगरपालिकाले चिसो बढेपछि सबै विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ।
विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै नगरपालिकाले पुस १४ देखि १८ गतेसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो। यी बिदाहरु वर्षे बिदाबाट कट्टा हुने गरी दिइएको नगरपालिकाले जनाएको छ।