काठमाडौं - नेपाल मेडिकल काउन्सिल निर्वाचनको मतगणनाअन्तर्गत सदस्य पदमा शीर्ष ८ उम्मेदवारको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। जारी मतपरिणामअनुसार डा. सारिका गोइत सर्वाधिक मतसहित पहिलो स्थानमा रहँदा अन्य सात जना उम्मेदवार पनि अग्रपंक्तिमा देखिएका छन्।
मतगणनाको पछिल्लो विवरणअनुसार डा. सारिका गोइतले २२० मत प्राप्त गर्दै सदस्य पदमा सबैभन्दा बढी मत ल्याएकी छन्। दोस्रो स्थानमा डा. योविन कुमार यादव १९१ मतका साथ छन्। तेस्रोमा डा. छबी लाल पन्थीले १५२ मत पाएका छन्।
यस्तै, डा. सरोज कुमार साह १४७ मतसहित चौथो स्थानमा रहँदा डा. दिपेन्द्र पाण्डे ११४ मतका साथ पाँचौँ स्थानमा छन्। छैटौँ स्थानमा डा. उज्वल ठाकुर (११० मत), सातौँमा डा. सम्राट पराजुली (१०५ मत) र आठौँमा डा. सरोज कुमार गोहीवार (१०४ मत) रहेका छन्।
सदस्य पदमा शीर्ष ८
१. डा. सारिका गोइत — २२०
२. डा. योविन कुमार यादव — १९१
३. डा. छबी लाल पन्थी — १५२
४. डा. सरोज कुमार साह — १४७
५. डा. दिपेन्द्र पाण्डे — ११४
६. डा. उज्वल ठाकुर — ११०
७. डा. सम्राट पराजुली — १०५
८. डा. सरोज कुमार गोहीवार — १०४
मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम सार्वजनिक नहुँदासम्म क्रम परिवर्तन हुने सम्भावना कायमै रहेको निर्वाचन समितिले जनाएको छ।