काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरले नयाँ नेतृत्व पाएको छ। स्वास्थ्य मन्त्री डा. सुधा गौतम शर्माले मन्त्रिस्तरीय निर्णय गर्दै ११ औँ तहका वरिष्ठ चिकित्सक डा. रुद्र मरासिनीलाई सेन्टरको प्रमुख मेडिकल सुपरीटेण्डेन (प्रमेसु) मा नियुक्त गरेकी हुन्।
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका एक कर्मचारीका अनुसार मन्त्री शर्माले ट्रमा सेन्टरमा वरिष्ठताका आधारमा डा मरासिनीलाई प्रमुखको जिम्मेवारी दिएकी हुन्।
यसअघि त्यहाँका प्रमेसु डा. बद्रि रिजाल थिए। उनले नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा उम्मेद्धार बनेपछि प्रमेसुबाट राजीनामा दिएका थिए।
डा बद्रीले राजीनामा दिएपछि वरिष्ठताका आधारमा चिकित्सक डा मारसिनीले निमित्त प्रमुखको जिम्मेवारी पाएका थिए।
मन्त्री शर्माले निमित्त प्रमुख रहेका मरासिनीलाई नै प्रमुख मेसुको जिम्मेवारी दिएकी हुन्।
यसअघि पनि ट्रमा सेन्टरको प्रमेसुको रूपमा सफल कार्यकाल बिताइसकेका डा. मरासिनीले मन्त्रीको निर्णयलगत्तै आजै अस्पताल पुगेर आफ्नो कार्यभार सम्हालेका छन्।