काठमाडौं - नेपाल मेडिकल काउन्सिलको निर्वाचनको मतगणनामा उपाध्यक्ष र सदस्य पदका उम्मेदवारहरुबीच प्रारम्भिक अवस्थामा उपाध्यक्षमा डा. गुरुशरण साह अगाडि देखिएका छन्। सदस्यमा डा. सारिका गोइतले सबैभन्दा धेरै मत ल्याएकी छिन्।
हालसम्म ८ सय मत गणना भएको छ।
८ सय मत गणना हुँदा उपाध्यक्षमा गुरुशरण साहको ४२० मत आएको छ।
त्यस्तै डा. कुञ्जाङ शेर्पा २५१ मतसहित दोस्रो स्थानमा छन् भने डा. अजय सिंह थापा ८४ मतसहित पछाडि रहेका देखिन्छन्।
उस्तै, सदस्य पदका ३३ उम्मेदवारमध्ये डा. सारिका गोइतले ४२७ मतसहित शीर्ष स्थानमा देखिइन्। यो संख्या अन्य प्रतिस्पर्धीको तुलनामा सबैभन्दा बढी देखिन्छ।
सदस्यहरुमा कसको कति मत?
-
डा. सारिका गोइत: ४२७ मत
-
डा. योविन कुमार यादव: ३७३ मत
-
डा. छबी लाल पन्थी: ३०२ मत
-
डा. सरोज कुमार साह: २७० मत
-
डा. उज्वल ठाकुर: २३० मत
-
डा. दिपेन्द्र पाण्डे: २२८ मत
-
डा. सम्राट पराजुली: २२५ मत
-
डा. सरोज कुमार गोहीवार: २२१ मत
-
डा. अस्मिता पोखरेल: २०८ मत
-
डा. रबिन बस्नेत: २०९ मत
-
डा. घनश्याम पाण्डे: १८६ मत
-
डा. प्राची भगत: १८४ मत
-
डा. कुम्भराज जोशी: १७१ मत
-
डा. ध्रुव नारायण साह: १५८ मत