काठमाडौं - नेपाल मेडिकल काउन्सिलको जारी निर्वाचनमा ११ औं र १२ औं ब्याचको मतगणनामा डा. कुन्जाङ शेर्पाले अग्रता लिँदै प्रतिस्पर्धालाई थप रोचक बनाएका छन्। हालसम्म १२ वटा राउन्डमा प्रत्येक राउन्डमा ४ सयका दरले मतगणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।
१० औं ब्याचसम्म डा. गुरुशरण साहले निरन्तर बढी मत ल्याउँदै स्पष्ट अग्रता बनाएका थिए। तर ११ औं र १२ औं ब्याचमा डा. शेर्पाले बढी मत पाउँदा डा. साहसँगको मतान्तर झन्डै १०० मतले घटेको छ।
हालसम्मको मतपरिणामअनुसार
डा. गुरुशरण साहले १,९०९ + १८६ + १२१ + १३३ गरी २,३४९ मत प्राप्त गरेका छन्।
डा. कुन्जाङ शेर्पाले १,४३१ + १५९ + १७९ + १७३ जोड्दा १,९४२ मत पाएका छन्।
डा. अजयसिंह थापाले ५०९ + ५४ + ८१ + ७९ गरी ७२३ मत प्राप्त गरेका छन्।