चितवन - चितवनमा एक सातामा स्क्रब टाइफसका १२ जना बिरामी भेटिएका छन्। यसअघि अघिल्लो साता स्क्रब टाइफसका ४ जना बिरामी मात्र भेटिएका थिए।
अघिल्लो साताको तुलनामा यस साता स्क्रब टाइफसका बिरामीको संख्या बढेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। सोही अवधिमा डेंगु संक्रमितको संख्या भने घटेको छ।
अघिल्लो साता ९ जना बिरामी भेटिएकोमा यस साता १ जनामा मात्र डेंगुको संक्रमण भेटिएको कार्यालयले जनाएको छ।