काठमाडौं - नेपाल मेडिकल काउन्सिलको जारी निर्वाचनमा हालसम्म ४ हजार ८ सय मत गणना हुँदा सदस्य पदतर्फ डा. सारिका गोइत अग्रस्थानमा रहेकी छिन्। पछिल्लो गणनाअनुसार उनले २,१७३ मत अर्थात् ४५.२७ प्रतिशत मत प्राप्त गरेकी छिन्।
डा. छबी लाल पन्थी २,०५७ मत (४२.८५ प्रतिशत) सहित दोस्रो स्थानमा छन् भने डा. योविन कुमार यादव १,८११ मत (३७.७३ प्रतिशत) सहित तेस्रो स्थानमा छन्।
त्यसैगरी डा. दिपेन्द्र पाण्डेले १,५७७ मत, डा. सम्राट पराजुलीले १,५२४ मत र डा. सरोज कुमार साहले १,३०३ मत प्राप्त गरेका छन्। डा. रबिन बस्नेत १,३०१ मत पाएका छन्।
त्यसैगरी डा उज्वल ठाकुर १२६३, डा अस्मिता पोखरेल १२४९, डा घनश्याम पाण्डे १२४७, डा कुम्भराज जोशी १२२२, डा सरोज कुमार गोहियार १०३१, नीना राई ९८३, डा प्राची भगत ८९५ मत ल्याएका छन्।