काठमाडौं- नेपाल मेडिकल काउन्सिलको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना रोचक मोडमा पुगेको छ। निर्वाचन समितिको पछिल्लो अपडेट अनुसार कुल ५२०० मत गणना भइसकेको छ।
उपाध्यक्ष पदमा डा. गुरुशरण साहको अग्रता कायमै रहेको छ। तर उनका निकटतम प्रतिस्पर्धीले मतान्तर कम गर्दै लगेका छन्।
डा. गुरुशरण साहले सुरुवाती अग्रतालाई कायम राख्दै हालसम्म २२६३ मत प्राप्त गरेका छन्। उनलाई डा. कुञ्जाङ शेर्पाले १९६० मतका साथ कडा चुनौती दिइरहेका छन्। दुई प्रतिस्पर्धीबीच ३०३ मतको अन्तर देखिएको छ।
सदस्य पदमा डा. सारिका गोइत पहिलो स्थानमा नै रहेकी छिन्।
आठ जना सदस्य पदका लागि भइरहेको प्रतिस्पर्धामा डा. सारिका गोइतले २३०९ मत ल्याएर सबैभन्दा अगाडि रहेकी छिन्।
यी हुन् शीर्ष स्थानमा रहेका ८ सदस्य
१.डा. सारिका गोइत२३०९
२.डा. छविलाल पन्थी २२५३
३.डा. युविन कुमार यादव १९१४
४.डा. दिपेन्द्र पाण्डे १७०४
५.डा. सम्राट पराजुली १६७५
६.डा. रबिन बस्नेत १४०९
७.डा. सरोजकुमार साह १३६८
८.डा. उज्वल ठाकुर १३४९