काठमाडौं- नेपाल मेडिकल काउन्सिलको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। निर्वाचन समितिको पछिल्लो प्रतिवेदन अनुसार कुल ५६०० मत गणना भइसक्दा उपाध्यक्ष र सदस्य पदका उम्मेदवारहरूबीच रोचक प्रतिस्पर्धा देखिएको छ।
उपाध्यक्ष पदमा डा. गुरुशरण साहले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन्।
५६०० मत गणना हुँदाको नतिजा यस्तो छ:
डा. गुरुशरण साह: २४१० मत (४३.०४%)
डा. कुञ्जाङ शेर्पा: २१३४ मत (३८.११%)
डा. अजय सिंह थापा: ८२७ मत (१४.७७%)
सदस्य पद: डा. सारिका गोइत शीर्ष स्थानमा
सदस्य पदका लागि भएको प्रतिस्पर्धामा डा. सारिका गोइतले सबैभन्दा बढी मत प्राप्त गरेकी छिन्। ५६०० मत गणना हुँदा शीर्ष ८ स्थानमा रहेका उम्मेदवारहरूको अवस्था निम्न अनुसार छ:
१. डा. सारिका गोइत: २४६३ मत (४३.९८%)
२. डा. छविलाल पन्थी: २४१५ मत (४३.१२%)
३. डा. युविन कुमार यादव: २०४९ मत (३६.५९%)
४. डा. दिपेन्द्र पाण्डे: १८१६ मत (३२.४३%)
५. डा. सम्राट पराजुली: १७९४ मत (३२.०४%)
६. डा. रबिन बस्नेत: १४९५ मत (२६.७०%)
७. डा. सरोज कुमार साह: १४६५ मत (२६.१६%)
८. डा. उज्वल ठाकुर: १४६० मत (२६.०७%)