काठमाडौं- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा कियोच-काठमाडौं बाल अस्पतालमा औपचारिक रूपमा बहिरंग (ओपीडी) सेवा सुरु गरिएको छ।
बालस्वास्थ्य सेवामा गुणस्तरीय, पहुँचयोग्य र दीगो उपचार उपलब्ध गराउने उद्देश्यसहित स्थापना गरिएको कियोच–काठमाडौं बाल अस्पतालले प्रारम्भिक चरणमा बहिरंग सेवामार्फत बालरोगसम्बन्धी परामर्श र उपचार सेवा दिन थालेको हो।
'संस्थाहरू देश विकासका आधार हुन्। हामी यतै व्यस्त छौं,' अस्पतालको नेतृत्व गरिरहेका डा. कोइरालाले भने।
सेवा शुभारम्भका अवसरमा डा. कोइरालाले अस्पताल स्थापनामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार प्रकट ग रेका छन्। 'यो व्यक्तिगत प्रयास होइन, संस्थागत सपना हो। बालबालिकाको स्वास्थ्यमा लगानी गर्नु भनेकै देशको भविष्य सुरक्षित गर्नु हो,' उनले भनेका छन्।
अस्पतालले आगामी दिनमा विशेषज्ञ सेवा विस्तार गर्दै बाल मुटुरोग, जटिल बालरोग उपचार तथा अनुसन्धानलाई समेत प्राथमिकतामा राख्ने जनाएको छ।