काठमाडौं - अत्यधिक चिसो बढ्दै गएपछि चितवनको भरतपुर महानगरपालिले पुस १६ गते विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
चिसोले पठन पाठनमा असहज र बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै महानगरले सबै विद्यालयहरु एक दिनका लागि बन्द गर्ने निर्णय गरेको हो।
आफ्ना बालबालिकालाई चिसोबाट बचाउन आवश्यक सावधानी अपनाउन पनि महानगरले सबै अभिभावकलाई आग्रह गरेको छ।