काठमाडौं - तराईका अधिकांश क्षेत्रमा आज पनि हुस्सु र कुहिरो लागेको छ। दिउँसो र राति पनि तराईका भू-भागमा हुस्सु रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमति र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
तराईमा अत्यधिक चिसोबढेपछि त्यहाँका स्थानीय तहहरुले विद्यालयहरु बन्द गरिरहेका छन्।