काठमाडौं - नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयरको सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ।
कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। सम्झौतापत्रमा कम्पनीका अध्यक्ष नवराज पाण्डे र नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन्।
नोबेल कलेजले काठमाडौंको पुरानो बानेश्वरमा फ्रन्टलाइन ब्रान्ड अन्तर्गत सञ्चालन गरेको १ सय शय्याको अस्पतालको थप विस्तारका लागि आइपीओ मार्फत पुँजी संकलन गर्ने लक्ष्य राखेको छ। निर्माणको क्रममा रहेको २ सय शय्याको जनरल र क्यान्सर रोग केन्द्रलाई ध्यानमा राख्दै थप पूँजीको आवश्यकता परेकोले आइपीओ जारी गर्न लागिएको अध्यक्ष पाण्डेले जानकारी दिए।
कम्पनीको हाल जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँ छ। यसमध्ये करिब २८ दशमलव ५७ प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गरिने छ भने संस्थापक समूहको हिस्सा करिब ७१.४३ प्रतिशत कायम रहने छ।