काठमाडौं - तराईका अधिकांश क्षेत्रमा आज पनि हुस्सु र कुहिरो लागेको छ। केही दिनदेखि बढेको चिसोका कारण तराई क्षेत्रका धेरै ठाउँहरुमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहानैदेखि लागेको हुस्सु र कुहिरो दिउँसोबाट क्रमिक रुपमा भने सुधार आउने महाशाखाले जनाएको छ।
हुस्सु र कुहिरोको प्रभावले तराई क्षेत्रको दैनिक जनजीवन, कृषि, स्वास्थ्य तथा सडक यातायातमा असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।