काठमाडौं - लेक लागेर मुस्ताङमा एक भारतीय महिलाको मृत्यु भएको छ। मुक्तिनाथ दर्शनको लागि भारत हैदराबाद तिलाङ्गनाकी ६० वर्षीया महिलाको लेक लागेर मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ स्थित होटलमा बसेकी उनी अचानक बेहोस भइकी थिइन्। उपचारका लागि उनलाई प्रादेशिक अस्पताल जोमसोम लगिएपनि उपचारका क्रममा मृत्यु भएको प्राधिकरणले जनाएको छ।
लेक लाग्नु भएको शरीरमा अक्सिजनको मात्रा कमी हुनु हो। हिमाली क्षेत्रमा पदयात्राको क्रममा बिना तयारी जाँदा लेक लाग्ने जस्ता समस्याहरु देखिने गरेका छन्।