काठमाडौं - तराई भू-भागका अधिकांश स्थानमा आज पनि हुस्सु र कुहिरो लागेको छ। राति पनि तराईका अधिकांश स्थानमा हुस्सु रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमति, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भागमा भने मौसम मुख्यतया सफा रहनेछ। एक दुई स्थानमा भने हल्का वर्षा तथा हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ।
बिहान लागेको हुस्सु र कुहिरो अपरहान्नपछि भने क्रमिक सुधार हुने संभावना रहेको महाशाखाले जनाएको छ। तराईमा क्षेत्रमा लागेको हुस्सु, कुहिरो तथा शितलहरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।