काठमाडौं - नेपाल दृष्टि विशेषज्ञ संघको अध्यक्षमा दिपक कुमार साह निर्वाचित भएका छन्। शनिबार सम्पन्न भएको संघको १८ औँ महाधिवेशनबाट साह अध्यक्षमा निर्वाचित भएका हुन्।
संघको उपाध्यक्षमा राजु कैती, सचिवमा अभिनाष झा, कोषाध्यक्षमा अमित कुमार सिंह र सहसचिवमा जनक पौडेल निर्वाचित भएका छन्।
यस्तै सदस्यहरुमा स्नेहा साह, सुदर्शन खनाल, अरबिन्द यादव, रुपेश पौडेल, मनिष दाहाल, जय सुन्दर सुनरैत, रोमान्स चौधरी र सुरेन्द्र प्रसाद साह निर्वाचित भएको संघले जनाएको छ।
अध्यक्षमा निर्वाचित अध्यक्ष साहले दृष्टि स्वास्थ्य सेवा, पेशागत मान्यता, संरचनागत विकास तथा नीतिगत सुधारमा ध्यान केन्द्रित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।