काठमाडौं - चिसो बढ्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकाले विद्यालयमा थप तीन दिन बिदा दिएको छ।
उपमहानगरपालिकाले एक सूचना जारी गरी पुस २० गतेदेखि २२ गतेसम्म विद्यालयमा जाडो बिदा दिएको जनाएको छ। जाडो बिदाबाट कट्टा हुने गरी उपमहानगरपालिकाले विद्यालयको प्रशासनिक काम बाहेक पठन पाठन बन्द गराएको हो।
बाक्लो हुस्सु तथा शितलहरका कारण बालबालिकाको स्वास्थ्यमा असर गर्ने भन्दै बिदा थप गरिएको उपमहानगरपालिकाले जनाएको छ।