काठमाडौं - नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले विशेषज्ञ चिकित्सक सहित विभिन्न पदमा कर्मचारी माग गरेको छ। कलेजले एक सूचना प्रकाशित गरी प्राध्यापक, एशोसिएट प्राध्यापक, सहायक प्राध्यापक, लेक्चर सहित स्टाफ नर्स लगायतका पदहरुमा जनशक्ति माग गरेको हो।
सूचना अनुसार आइटी असिस्टेन्ट, आइटी सपोर्ट टेक्निसियन, प्रक्यूमेन्ट असिस्टेन्ट तथा स्टोर इन्चार्ज समेत माग गरिएको छ। कलेजले दक्ष जनशक्तिहरु थप गरि स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न खोजेको कलेज प्रशासनले जनाएको छ।
योग्यता पुगेका दक्ष जनशक्तिले आफ्नो व्यक्तिगत र शैक्षिक विवरण इमेल गर्नुपर्ने छ। कलेजले पछिल्लो समय स्वास्थ्य सेवा तर्फ नयाँ सिटी स्क्यान, एमआरआई तथा अत्याधुनिक क्याथल्याब समेत सुरु गरिसकेको छ।