काठमाडौं - बहुलाहा कुकुरले टोक्दा रौतहटमा ४२ जना घाइते भएका छन्। गढिमाई नगरपालिकाको विभिन्न वडाहरुमा कुकुरले टोक्दा ४२ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
५ जना घाइतेको नारायणी अस्पताल विरगञ्जमा र अन्यको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ। घटनापछि उक्त कुकुरलाई स्थानीयले मारेको प्राधिकरणले जनाएको छ।