काठमाडौं- नेपाल नर्सिङ काउन्सिलमा अध्यक्ष, उपाध्यक्ष र सदस्यहरु नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छिन्। निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि मन्त्रालयले रानालाई सो जिम्मेवारी सुम्पिएको हो।
काउन्सिललाई पूर्णता दिने क्रममा उपाध्यक्षमा रोशनीलक्ष्मी तुइतुइलाई चयन गरिएको छ।
सदस्यहरूमा हिरा कुमारी निरौला, सरला केसी, संगीता श्रेष्ठ, रामानन्द चौधरी नियुक्त भएका छन्।