काठमाडौं - नेपाल आयुर्वेद चिकित्सक संघको ११ औँ महाधिवेशन यही चैत २० गते हुने भएको छ। संघको कार्यसमितिको निर्णय अनुसार ११ औँ महाधिवेशन काठमाडौंमा चैत २० र २१ गते हुने भएको हो।
उक्त महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ। संघले फागुन मसान्तसम्म सबै सदस्यहरुलाई आफ्नो सदस्यता नवीकरण आग्रह समेत गरेको छ। २०५४ सालमा स्थापित यो संघमा ५ सय बढी चिकित्सक साधारण सदस्यका रुपमा आवद्ध छन्।