काठमाडौं - भरतपुर अस्पतालले दुई जना नर्सिङ शिक्षकको माग गरेको छ। अस्पतालले एक सूचना जारी गर्दै नर्सिङ कलेजमा स्नातक तह नर्सिङमा अध्यापन गराउनका लागि नर्सिङ शिक्षकको माग गरेको हो।
अध्यापनका लागि साइकाइट्रिक्स र कम्युनिटी हेल्थ नर्सिङको आवश्यकता भएको अस्पतालले जनाएको छ। योग्यता पुगेकाले सात दिनभित्र तोकिएको दरखास्त अनुसार फारम भरी अस्पताल प्रशासन शाखामा बुझाउन सकिनेछ।
लिखित परीक्षा माघ १० गते भरतपुर अस्पतालको नर्सिङ कलेजमा दिउँसो १ बजे हुने सूचनामा उल्लेख छ। १८ वर्ष पुुरा भई ४५ वर्ष ननाघेकाले मात्र दरखास्त दिन सकिने अस्पतालले जनाएको छ।