काठमाडौं - पृथ्वी जयन्तीका दिन भरतपुर अस्पतालको ओपिडी सेवा बन्द रहने भएको छ। अस्पतालले एक सूचना जारी गर्दै पुस २७ गते परेको पृथ्वी जयन्तीका दिन प्रशासनिक तथा ओपिडी सेवाहरु बन्द रहने जनाएको हो।
उक्त दिन ओपिडीको डे्रसिङ रुम बिहान ९ देखि ११ बजेसम्म खुला रहनेछ। ओपिडी बाहेक अन्य सबै सेवाहरु भने यथावत रुपमा सञ्चालन हुने अस्पतालले जनाएको छ।