काठमाडौं - तराईका अधिकांश क्षेत्रमा आज पनि हुस्सु र कुहिरो लागेको छ। बिहान लागेको हुस्सु र कुहिरो मध्यान्नपछि क्रमिक सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, मधेश, बागमति र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
राति देशका पहाडी तथा हिमाली भू-भागमा मौसम सफा रहेपनि तराईका केही स्थानहरुमा हुस्सु रहने महाशाखाले जनाएको छ।