काठमाडौं - औषधि व्यवसायी संघ काठमाडौंले आयोजना गरेको दुई दिने कुशल फार्मेसी अभ्यास तालिमको आजदेखि सुरु भएको छ।
कुशल फार्मेसी अभ्यास, प्रतिष्ठा बढाउने प्रयास भन्ने मर्म सहित संघले काठमाडौंमा तालिमको आयोजना गरेको हो। तालिमको पहिलो सेशनमा ३० जनालाई सहभागी गराइएको संघले जनाएको छ।
औषधि व्यवस्था विभागको प्रत्यक्ष निगरानीमा उक्त व्यवसायीहरुलाई कुशल फार्मेसी अभ्यास गराउन तालिमको आयोजना हो। तालिममा सहभागी हुने व्यवसायीहरुलाई प्राविधिक सहयोग समेत उपलब्ध गराइने संघले जनाएको छ।
औषधि व्यवसायलाई थप मर्यादित र त्रुटिरहीत बनाउन यस किसिमको तालिमको महत्व हुने संघको भनाई छ। तालिम भोलिसम्म सञ्चालन हुनेछ।