काठमाडौं - नेपाल फार्मेसी संघले फर्मासिस्ट तथा फार्मेसी सहायकहरुलाई न्यूनतम तलब उपलब्ध गराउन माग गरेको छ।
संघले स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमलाई ध्यानाकर्षण पत्र बुझाउँदै अस्पतालमा कार्यरत फर्मासिस्ट तथा सहायक फर्मासिस्टहरुलाई न्यूनतम तलब उपलब्ध गराउन माग गरेको हो।
नर्सहरुको पारिश्रमिक तथा सेवा सुविधामा वृद्धि भइरहँदा सोही अस्पतालमा कार्यरत फर्मासिस्ट तथा फार्मेसी सहायकहरुको भने हालसम्म कुनै पनि सेवा सुविधामा वृद्धि नभएको संघको भनाई छ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘औषधिको सुरक्षित व्यवस्थापन, वितरण तथा प्रयोग सुनिश्चित गर्ने जिम्मेवारीमा कार्यरत फर्मासिस्ट तथा फार्मेसी सहायकहरुलाई समान तहमा कार्यरत र्सहरुको पारिश्रमिक वृद्धि हुँदा हुँदै पनि बेवास्ता गरिनु दुख र विडम्बनापूर्ण अवस्था हो।’
अस्पतालमा कार्यरत फर्मासिस्ट तथा फार्मेसी सहायहरुहरुको पनि तलव सेवा सुविधा वृद्धि गर्ने सम्बन्धमा परिपत्र गरिदिन संघले स्वास्थ्यमन्त्रीलाई माग समेत गरेको छ।