काठमाडौं - मकर संक्रान्तिका दिन वीरगञ्जस्थित नारायणी अस्पतालको बहिरङ्ग सेवा ओपिडी बन्द रहने भएको छ।
अस्पतालले एक सूचना जारी गर्दै माघ १ गते परेको संक्रान्तिका दिन ओपिडी र प्रशासनिक सेवा बन्द रहने जनाएको हो।
यस बाहेक इमरजेन्सी तथा अन्य सेवाहरु भने पूर्ववत रुपमा सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ।