काठमाडौं - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको औषधिजन्य वनस्पतिको खोजमुलक अनुसन्धान र त्यससँग सम्बन्धित परम्परागत ज्ञानको डिजिटलाइजेसन गर्ने अवधारणा पत्रको प्रस्ताव पारित भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कुलपति सुशीला कार्कीको अध्यक्षतामा भएको प्रतिष्ठानको १२ औँ सभाले उक्त प्रस्ताव पारित गरेको हो।
उक्त बैठकमा उपकुलपति डा पुजन रोकाया, स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतम लगायतको उपस्थिति थियो।