काठमाडौं - सुस्वास्थ्य अस्पतालले आफ्नो १० औँ वार्षिकोत्सव मनाएको छ। नयाँ बानेश्वरमा रहेको सुस्वास्थ्य अस्पतालले एक कार्यक्रम गरी आफनो वार्षिकोत्सव मनाएको हो।
१० वर्षको अवधिमा यस अस्पतालले १० हजार ९७७ जनाको सशुल्क र २१० जनाको निःशुल्क गरी १८ हजार १८७ जनाको उपचार गरेको छ। हाल यस अस्पतालमा ३४ जना जनशक्ति छन्।
प्राकृतिक चिकित्सा, अकुपंचर र फिजियोथेरापीलाई एकीकृत रुपमा प्रयोग गर्दै बिरामीको रोग निको पार्नु आफ्नो मुख्य उद्देश्य भएको अस्पतालले जनाएको छ।