काठमाडौं - नेपाल फार्मेसी संघ सिरहा शाखाको अध्यक्षमा आर्यन साह निर्वाचित भएका छन्। मधेश प्रदेश कार्यसमिति अन्तर्गतको सिरहा शाखाको आज भएको भेलाले साहको अध्यक्षतामा नौ नयाँ कार्य समिति गठन गरेको छ।
संघको उपाध्यक्षमा तजेन्द्र कुमार साह, महासचिवमा टंक प्रसाद यादव, सचिवमा मो. अब्दुल्लाह नसर र कोषाध्यक्षमा सञ्जय कुमार सिंह चयन भएका छन्। यस्तै, सदस्यहरुमा सुरेन्द्र कुमार महसेठ, महेश कुमार यादव, मो. अजमत खान, जितेन्द्र कुमार सिंह र अमेश कुमार यादव चयन भएको संघले जनाएको छ।
नवगठित कार्य समितिले सिरहामा फार्मेसी पेशाको संरक्षण, सेवा गुणस्तर अभिवृद्ध तथा पेशागत हकहितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।