काठमाडौं - सोनाम ल्होसारको दिन भरतपुर अस्पतालको ओपिडी/ओटी सेवा आधा दिनसम्म खुल्ला रहने भएको छ।
अस्पतालले एक सूचना जारी गरी माघ ५ गते परेको सोनाम ल्होसारको दिन ओपिडी/ओटी सेवा दिउँसो १ बजेसम्म खुल्ला रहने जनाएको हो।
टिकट बिहान ११ बजेसम्म खुल्नेछ। अन्य सेवाहरु भने २४ सैँ घण्टा यथावत चालु रहने सूचनामा उल्लेख गरिएको छ।