काठमाडौं - नेपाल फार्मेसी संघ काठमाडौं जिल्ला शाखाको अध्यक्षमा गोविन्द मेहेता निर्वाचित भएका छन्। माघ ३ गते भएको संघको दोस्रो भेलाले मेहेताको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो।
जसको उपाध्यक्षमा सन्तोष पौडेल र हिमानी ठाकुर, महासचिवमा कमल पाण्डे, सचिवमा सुभाषमणि जोशी र सागर पौडेल, कोषाध्यक्षमा रमेश नेपाल र सह कोषाध्यक्षमा विनोद सिंह चयन भएका छन्।
यस्तै, सदस्यहरुमा क्षितिज भण्डारी, पवन धमला, सन्तोष दाहाल, नरेन्द्र भण्डारी, अभिषेक थापा, जानकी साउद, बिनित गौतम, दिनेश प्याकुरेल, कमल बगाडी, रिमा थापा, सन्तोष घिमिरे, बिमल कुमार चौधरी, अरविन्द कुमार अग्रहरी र संगम रावत चयन भएका छन्।
भेलामा संघका केन्द्रीय अध्यक्ष युवराज भुषाल, सल्लाहकार वरिष्ठ फर्मासिस्ट बाबुराम हुमागाई, विवेकसिंह महत लगायतको उपस्थिति थियो।