काठमाडौं – नेपाली काँग्रेस मोरङ क्षेत्र नम्बर ३ मा मेडिकल व्यवसायी सुनिल शर्मा उम्मेदवार हुने भएका छन्।
फागुन २१ गते हुने निर्वाचनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम छ।
शर्माको नाम पार्टीका तल्ला तहबाट एकल रूपमा सिफारिस भएर आएको थियो। टिकट पाएपछि शर्मा मोरङ प्रस्थान गरेका छन्।
शर्मा नेता शेखर कोइरालानिकट छन्। २०७९ को चुनावमा पनि शर्मा यही क्षेत्रबाट निर्वाचित भएका थिए। काँग्रेसले संसदीय बोर्ड गठन गरेर उम्मेदवार तय गर्दै आएको छ।
विराटनगरको नोबल मेडिकल कलेज र काठमाडौंको काठमाडौं मेडिकल कलेज र पिपुल्स डेन्टल कलेजमा उनको लगानी रहेको छ।