काठमाडौं - नेपाल ओरल इम्प्लान्टोलोजी एशोसिएशनको आयोजनामा दन्त प्रत्यारोपण सम्बन्धी एक दिने सम्मेलन सम्पन्न भएको छ। सम्मेलन गत शनिबार माघ ३ गते पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको नेपाल ओरल इम्प्लान्टोलोजी एशोसिएसनका अध्यक्ष डा श्यामकाजी महर्जनले बताए।
उनले नेपालमा गुणस्तरीय दन्त प्रत्यारोपण अभ्यास कायम गर्नुपर्नेमा जोड दिँदै विश्वव्यापी मापदण्ड र बिरामी केन्द्रित हेरचाहप्रति एशोसियसन प्रतिबद्ध रहेको समेत जिकिर गरे। सम्मेलन नेपालमा प्रयोग भइरहेका विभिन्न प्रकारका इम्प्लान्टहरुका विषयमा केन्द्रित रहेको उनले जानकारी दिए। सम्मेलनमा इम्प्लान्ट सम्बन्धि विभिन्न ८ प्रकारका प्रस्तुतीकरण गरिएको थियो।
सन् २०१७ मा स्थापना भएदेखि नै नेपाल ओरल इम्प्लान्टोलोजी एशोसिएशन यस्ता सम्मेलनहरु आयोजना गर्दै आइरहेको छ । इम्प्लान्ट नक्कली दाँत प्रत्यारोपण गर्ने एक प्रविधि हो।
शनिबार बिहान ९ बजे सुरु भएको उक्त सम्मेलन साँझ ७ बजे सकिएको थियो। जसमा नेपाल डेन्टल एशोसिएसन अध्यक्ष डा अजय शाह, आयोजक अध्यक्ष प्रणय खनाल उपस्थित थिए।
नेपाल ओरल इम्प्लान्टोलोजी एशोसिएशन संस्थापक अध्यक्ष डा शुशील कोइराला, डा निरज ढाक्यो, डा विज्ञान गुभाजु, डा अविनाश श्रेष्ठ लगायतको पनि सहभागिता रहेको थियो।
सम्मेलनले विगतमा उपकरण तथा प्रविधि नहुँदा परम्परागत तरिकाबाट इम्प्लान्ट राखिदैं आएकोमा हाल प्रविधिको उपलब्धताले नवीनतम् प्रविधिको प्रयोग हुने गरेको, जसले बिरामीलाई फाइदा निश्कर्ष निकालेको थियो। हाल विश्वका विकसित मुलुकमा पाइने प्रविधि समेत नेपालमा पाइन्छ।
डेन्टल इम्प्लान्ट सम्बन्धि जिज्ञासा राख्ने तथा यसमा कार्यरत्त गरी करिब १ शय ५० जनाको सहभागिता उक्त सम्मेलनमा रहेको थियो। नेपालमा डेन्टल इम्प्लान्ट प्रविधि भित्र्याउने केही सप्लायर्सहरुको पनि सहभागिता थियो।