काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा तोसिमा कार्की र डा लेखजंग थापालाई आगामी चुनावका लागि उम्मेदवार बनाएको छ।
डा कार्कीलाई ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ तथा डा थापालाई रुपन्देही क्षेत्र नम्बर ३ बाट रास्वपाले आगामी निर्वाचनका लागि उम्मेदवार बनाएको हो।
डा कार्की २०७९ सालको आमनिर्वाचनमा विजयी भएको क्षेत्रबाट नै यसपटक पनि उम्मेदवार बनेकी हुन्। उक्त क्षेत्रबाट निर्वाचित भएपछि उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्रीसमेत बनेकी थिइन्।
त्यस्तै रुपन्देही ३ बाट उम्मेदवार बनेका डा थापा न्युरोलोजिस्ट हुन् भने एमबीबीएस, इन्टरनल मेडिसिनमा डिएम तथा न्युरोलोजीमा एमडी गरेका छन्।