काठमाडौं - जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाभित्र सञ्चालनमा रहेका उपचार तथा पुनर्स्थापना केन्द्रहरुलाई तीन दिनभित्र आवश्यक विवरण पेश गर्न निर्देशन दिएको छ।
प्रशासनले एक सूचना जारी गरी चितवनमा सञ्चालित उपचार तथा पुनर्स्थापना केन्द्रहरुले आगामी तीन दिनभित्र कागजात सहितको विवरण पेश गर्न निर्देशन दिएको हो।
गृह मन्त्रालयको पत्र बमोजिम लागु औषध प्रयोगकर्ताहरुका लागि उपचार तथा पुनर्स्थापना केन्द्र सञ्चालन निर्देशिका २०७५ अनुसार विवरण माग गरिएकाले उक्त निर्देशन दिइएको प्रशासनले जनाएको छ।
केन्द्रले दर्ता प्रमाणपत्र, सञ्चालकको नाम, ठेगाना र सम्पर्क नं, गृह मन्त्रालयमा आवद्धताको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र लेखा परीक्षणको प्रतिवेदन, नविकरण भए नभएको विवरण र हाल उपचाररत बिरामीको संख्या सहितको विवरण माग गरेको हो।