काठमाडौं - गोरखाको सुलिकोट गाउँपालिकामा दुई दिने निःशुल्क एकीकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालय गोरखा, प्रदेश अस्पताल, प्रदेश आयुर्वेद चिकित्सालय, आँपपिपल अस्पताल र वारपाक सुलिकोट गाउँपालिकाको संयुक्त आयोजनामा उक्त शिविर भएको थियो।
शिविरमा नसर्ने रोग पहिचानका लागि ३३५ जनाको रक्त नमुना संकलन, १०७ जनाको कुष्ठरोग स्क्रिनिङ, कुष्ठरोग पहिचानका लागि ३ जनाको नमुना संकलन, ३५० जनाको छातिको एक्सरे गरिएको छ।
यस्तै, एआई एक्सरेद्वारा परीक्षण गर्दा ७ जनामा क्षयरोग देखिएको र १५ जनाको खकार नमुना समेत संकलन गरिएको आयोजकले जनाएको छ।

शिविरमा २३२ जनालाई मनोपरामर्श सेवा समेत दिइएको छ। समस्या पहिचान भएका ३४ मधये ९ जनामा जटिल अवस्था समेत पाइएको थियो। १६० जनालाई योग, ध्यान, मेडिटेसन, जीवनशैली, आहारविहार सम्बन्धी परामर्श पनि दिइएको छ।
२६८ जनाको आँखाको स्क्रिनिङ गर्दा ४ जनाको अपरेशन गर्नुपर्ने देखिएको छ। १०१ जनाको फोक्सोको क्षमता परीक्षण गरिएकोमा २९ जनामा दमकको शंकास्पद पहिचान भएको छ।

शिविरमा पहिचान भएका बिरामीहरुर्ला शिघ्र उपचारको दायरामा समेत ल्याइने आयोजकले जनाएको छ। शिविर माघ ४ र ५ गते सम्पन्न भएको थियो। आगामी शिविर माघको १५ र १६ गते सञ्चालन गरिने आयोजकले जनाएको छ।