काठमाडौं - चितवनमा एकै दिन डेंगु र स्क्रब टाइफसका ४ जना बिरामी भेटिएका छन्। पछिल्लो २४ घण्टामा डेंगुका २ र स्क्रब टाइफसका २ जना बिरामी भेटिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
भरतपुर महानगरपालिकामा डेंगु र स्क्रब टाइफसका १ १ जना, रत्ननगरमा स्क्रब टाइफस र राप्ती नगरपालिकामा डेंगुका १ १ जना बिरामी भेटिएका हुन्।
यो सँगै चितवनमा हालसम्म डेंगु पुष्टि हुनेको संख्या २०८ र स्क्रब टाइफसका ५१७ पुगेको छ। हालसम्म परीक्षण भएका ७ हजार २४६ मध्ये २०८ मा डेंगु र ७ हजार ६७८ परीक्षणमध्ये ५१७ जनामा स्क्रब टाइफस पुष्टि भएको कार्यालयले जनाएको छ।