काठमाडौं - औषधि व्यवस्था विभाग वीरगञ्ज शाखाले फार्मेसी पसलका धनी तथा व्यवसायीहरुलाई १५ दिनभित्र पेशागत विवरण अद्यावधिक गराउन निर्देशन दिएको छ।
शाखाले एक सूचना जारी गरी फार्मेसीका धनी तथा व्यवसायीहरुले दर्ता प्रमाणपत्र नवीकरण गर्न आउँदा दर्तावाला फर्मासिस्ट/सहायक फर्मासिस्टको वर्किङ इन्स्टीच्युट नेपाल फार्मेसी परिषद्को वेबसाइटमा अद्यावधिक नदेखिएकाले उक्त निर्देशन दिएको हो।
उक्त कार्यालयमा दर्ता भएका औषधि पसलका धनी तथा व्यवसायीहरुले १५ दिनभित्र परिषद्मा आफ्नो वर्किङ इन्स्टीच्युट समेत खुलाई पेशागत गर्न अद्यावधिक गर्न शाखाले भनेको छ।