काठमाडौं - भरतपुर अस्पतालको एक वर्षको अवधिमा साढे ४ लाख बिरामीले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन्।
आर्थिक वर्ष २०८१/८२ मा ४ लाख ३१ हजार ५९५ जनाले ओपिडी सेवा लिएका हुन्। यसअघि आ.व २०८०/८१ मा ४ लाख ५६ हजार ५९ र २०७९/८० मा ३ हजार ७ हजार १२१ जनाले ओपिडी सेवा लिएको अस्पतालले जनाएको छ।
गत वर्ष नै इमरजेन्सी सेवा लिने बिरामीको संख्या ७४ हजार ३१० छ। २६ हजार ५४९ जना बिरामीले अस्पताल भर्ना भएर विभिन्न सेवा लिएका छन्। भरतपुर अस्पतालमा शय्या अकुपेन्सी दर ९३ प्रतिशत छ।