काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा देखापर्ने चुनौतीहरुको समाधानका लागि छुट्टै युनिट नै बनाएर काम अगाडि बढाउने भएको छ।
मन्त्रालयले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार मन्त्रालयमा जलवायु परिवर्तनका स्वास्थ्य चुनौतीहरुको समाधानका लागि नयाँ युनिट बनाउन लागेको हो। 'जलवायु परिवर्तनका स्वास्थ्य चुनौतीहरुको समाधानका लागि क्लाइमेट हेल्थ रेजिलियन्ट युनिट विकास गरिनेछ,' नीति तथा कार्यक्रममा उल्लेख थियो।
नयाँ युनिटको नाम 'क्लाइमेट हेल्थ रेजिलियन्ट युनिट' रहने छ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार स्वास्थ्य समन्वय महाशाखा अन्तर्गत बहुक्षेत्रीयमा रहने गरी उक्त युनिट गठन हुने छ।
उनले कार्यविवरणहरु तयार पारिरहेको जानकारी पनि दिए।