काठमाडौं - सिन्धुपाल्चोकको चौतारा अस्पतालमा स्याटेलाइट क्लिनिक अन्तर्गत विशेषज्ञ सहितको ओपिडी सेवा सञ्चालन हुँदैछ।
स्याटेलाइट क्लिनिक अन्तर्गत विशेषज्ञ सहितको ओपिडी सेवा माघ ११ गते सञ्चालन गर्न लागिएको चौतारा अस्पतालले जनाएको छ।
उक्त क्लिनिकमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका जनरल फिजिसियन र छाला तथा यौन रोगका विशेषज्ञहरुले सेवा प्रदान गर्न लागेका हुन्। उक्त क्लिनिक बिहान १० बजेदेखि सुरु हुनेछ।