काठमाडौं - पछिल्लो २४ घण्टामा सर्पदंश र चट्याङका कारण चार जना घाइते भएका छन्। सर्पदंश र चट्याङमा २/२ गरी चार जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
सप्तरी र दैलेखमा सर्पदंशका कारण १/१ र डोटीमा परेको चट्याङका कारण २ जना घाइते भएका हुन्।
सर्पदंशबाट घाइते भएकाहरुको गजेन्द्र नारायण सिंह अस्पताल राजविराज र जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ। चट्याङमा परी घाइते भएका दुवै जनाको भने स्थानीय मेडिकलमा उपचार गरिएको प्राधिकरणले जनाएको छ।