काठमाडौं - भरतपुर अस्पतालमा एक वर्षको अवधिमा करिब ९ हजार बिरामीले शल्यक्रियाको सेवा लिएका छन्।
आर्थिक वर्ष २०८१/८२ मा ८ हजार ९५६ जना बिरामीले शल्यक्रियाको सेवा लिएका हुन्। ७ हजार ६३२ मेजर, ७६१ इन्टरमिडियट र ५६३ जनाले माइनर शल्यक्रियाको सेवा लिएको अस्पतालले जनाएको छ।
यसअघि आर्थिक वर्ष २०८०/८१ मा ९ हजार ४०६ र २०७९/८० मा ९ हजा ४०३ जनाले शल्यक्रियाको सेवा लिएको थिए।
सोही एक वर्षको अवधिमा भरतपुर अस्पतालमा ओपिडी सेवा लिने बिरामीको संख्या ४ लाख ३१ हजार ५९५ छ। इमरजेन्सी सेवा लिने बिरामीको संख्या ७४ हजार ३१० रहेको अस्पतालले जनाएको छ।