काठमाडौं - सर्लाहीको मलंगवामा आज पनि दादुरा विरुद्धको खाप लगाईँदैछ। हिजोदेखि सुरु भएको खोप अभियानको दोस्रो दिन मलगंवा नगरपालिकाको वडा नं २, ३, ४, ८, ९ र १० गरी ६ वटा वडामा खोप लगाईँदैछ।
पाँच दिनसम्म चल्ने खोप अभियानमा ६ महिनादेखि १४ वर्ष उमेरका ८ हजार बालबालिकालाई खोप दिइने नगरपालिकाले जनाएको छ।
चारदिनसम्म विद्यालय र मदरासामा र पाँचौ दिनमा स्वास्थ्य संस्थामा खोप दिइनेछ। मलगंवा नगरपालिकाको वडा नं ३ मा फैलिएको दादुरा संक्रमणबाट हालसम्म ७ जनामा पुष्टि भएको छ। शंकास्पद २३ बिरामीमध्ये परीक्षणका क्रममा ७ जनामा पुष्टि भएको हो।
संक्रमण थप फैलिन नदिन शंकास्पद बिरामीको खोज पड्ताल तथा निगरानी गर्ने काम भइरहेको छ। खोप अभियानमा आफ्ना बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउन नगरपालिकाले सबैमा आग्रह गरेको छ।