काठमाडौं - औषधि व्यवस्था विभाग विराटनगर शाखाले वर्क प्लेस अपडेट गर्न फर्मासिस्ट/सहायक फर्मासिस्टलाई आग्रह गरेको छ।
विभागले एक सूचना जारी गरी आफु कार्यरत रहेको ठाउँको अपडेट गर्न सबै फर्मासिस्ट/सहायक फर्मासिस्टलाई आग्रह गरेको हो।
नेपाल फार्मेसी परिषद्ले हालै मात्र आफु कार्यरत रहेको ठाउँको अपडेट गर्न सकिने व्यवस्था गरेको थियो। सोही व्यवस्था अनसार कार्यालयमा दर्ता, नवीकरण तथा संशोधनका लागि आउने सबै फर्मासिस्ट/सहायक फर्मासिस्टलाई वर्क प्लेस अपडेट गर्न आग्रह गरिएको विभागले जनाएको छ।