काठमाडौं - चितवनमा एक महिनाको अवधिमा स्क्रब टाइफसका २७ जना बिरामी भेटिएका छन्। गएको पुस महिनामा स्क्रब टाइफसका २७ जना बिरामी भेटिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
चितवनमा हाल स्क्रब टाइफसका बिरामीको संख्या घट्दै गएको छ। यसअघि मंसिरमा २९ जना बिरामी भेटिएका थिए।
आर्थिक वर्ष २०८२/८३ को साउनमा ६८, भदौमा ९५, असोजमा ११७, कार्तिकमा ७४ र मंसिरमा २९ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थियो।
चितवनमा हालसम्म स्क्रब टाइफस संक्रमितको संख्या ५२६ पुगेको छ। ७ हजार ७२६ जनाको परीक्षण गर्दा ५२६ जनामा संक्रमण भेटिएको कार्यालयले जनाएको छ।