काठमाडौं - जनस्वास्थ्य कार्यालय ललितपुरले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २८७ जनाले सेवा लिएका छन्।
महाँकाल गाउँपालिका ६ ठूलादुर्लुङ्गमा आयोजना गरिएको एकीकृत प्रजनन् रुग्णता जाँच तथा व्यवस्थापन र भ्यासेक्टी सहितको शिविरमा १३४ महिला र १५३ पुरुष गरी २८७ जनाले सेवा लिएका हुन्।
भ्यासेक्टोमी ३, आरएच मोरबोडीटी सम्बन्धी सेवा ७०, एचपिभी डीएनए ४२, स्तन क्यान्सर परीक्षण ३८, युटीआई सम्बन्धी सेवा ३ जनाले लिएका छन्।
यो सँगै शिविरमा महिनावारी, रजनोवृत्ति, नसर्ने रोग लगायतको सेवा पनि दिइएको कार्यालयले जनाएको छ। शिविर माघ १२ गते सञ्चालन भएको थियो।