काठमाडौं - शहीद दिवसका दिन भरतपुर अस्पतालको ओपिडी र प्रशासनिक सेवा बन्द हुने भएको छ।
अस्पतालले एक सूचना जारी गरी माघ १६ गते परेको शहीद दिवसका दिन सार्वजनिक बिदा भएकाले ओपिडी र प्रशासनिक सेवा बन्द रहने जनाएको हो।
अन्य अन्तरंग सेवाहरु भने यथावत रुपमा सञ्चालन हुनेछन्। ओपिडीको ड्रेसिङ रुम अन्तर्गत एआरभी सेवा बिहान ९ देखि ११ बजेसम्म खुला रहने सूचनामा उल्लेख गरिएको छ।